चीनबाट नेपाली विद्यार्थीको गुहार, ‘हामी टुहुराजस्तै भयौँ, सरकारले वास्ता गरेन’



चीनको वुहान सहरबाट सुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोनाभाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेका बेला वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूले टुहुरो महसुस गरेकोू बताएका छन्।

वुहानबाट बीबीसीको सम्पर्कमा आएका नेपाली विद्यार्थीहरूले नेपाल सरकारले हालसम्म आफूहरूको उद्धारका लागि कुनै कदम नचालेको र आफूहरू अलपत्र परेको भन्दै निराशा व्यक्त गरेका छन्।

वुहानस्थित ह्वाङ्जुङ यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजीमा इन्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका नेपाली विद्यार्थी सम्पत न्यौपानेले भने, हामी शारीरिक रूपमा सुरक्षित छौँ, तर आफ्नै कोठावरपर भएका साथीहरू गइसके।

सुरुमा अमेरिका र फ्रान्सले उनीहरूका नागरिक लग्दा हामीलाई डब्ल्यूएचओको भन्दा उच्च मापदण्ड भएका देशले मात्र उद्धार गरेका हुन् जस्तो लागेको थियो, उनी भन्छन्, ूतर अहिले भारत, बाङ्ग्लादेश, श्रीलङ्काजस्ता देशले पनि लान थाले।

टुहुरो महसुस

आफ्नै छात्रावासमा बस्ने अन्य देशका विद्यार्थी स्वदेश फर्केपछि नेपालीहरू चरम मानसिक तनावमा परेको न्यौपानेले बताए।उनले भने, बेइजिङस्थित नेपाली राजदूतज्यूसँग हाम्रो कुराकानी भएको थियो। उहाँ अभिभावकत्व लिन्छु भन्नुहुन्छ, तर हामीलाई यहाँ टुहुरा बच्चाजस्तो महसुस भइरहेको छ।

हामीलाई चाँडो भन्दा चाँडो नेपालमा लगेर आइसोलेशन गरेर राखियोस्।

सोही विश्वविद्यालयमा बायोकेमिस्ट्रीमा विद्यावारिधि गर्दै गरेका सरोज खनाल पनि नेपालका छिमेकी मुलुक र नेपालजस्तै गरिब भनिएका देशले पनि आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालले बेवास्ता गर्दा मानिसक तनाव उत्पन्न भएको बताए।

हामीले चीन सरकारले बस्न र खान दिएन भनेर त भनेकै होइनौँ नि१ तर कम्तीमा सरकारले हाम्रो कुरा सुनोस् र हामीलाई नेपालमा लगेर आइसोलेशनमा राखोस् भन्ने चाहेका हौँ,ू उनले भने, ूत्यस्तो गरे कम्तीमा हामीलाई मानसिक तनाव कम त हुन्थ्यो।

शङ्का
नेपाल सरकारले बेवास्ता गर्नुमा दूतावासले सही सूचना उपलब्ध नगराएको हुन सक्ने नेपाली विद्यार्थीहरूको शङ्का छ।

खनालले भने, ूहामीलाई यहाँ जेलमा बसेको जस्तो महसुस भइरहेको छ। तर सरकारले किन बाङ्लादेश, श्रीलङ्का र माल्दिभ्सजस्ता देशले आफ्ना नागरिकको उद्धार गर्दा पनि हामीलाई वास्ता गर्दैनर ?

वुहानमै यूरोसर्जरीमा विद्यावारिधि गर्दै गरेका डा। गौरव पोखरेल नेपाली विद्यार्थीहरूमा मानसिक तनाव निकै बढेको बताउँछन्।

वुहानमा रहेका विद्यार्थीले उद्धारको माग गरिरहेका बेला उनीहरूका अभिभावकले पनि सरकारसँग आफ्ना छोराछोरी नेपाल ल्याइदिन माग गरेका छन्।

त्यस्तैमध्येका एक अभिभावक दिनेश श्रेष्ठले आफ्ना छोराछोरी अहिले “वरिपरि आगो लागेको स्थानमा बीचमा परेको जस्तो” महसुस भएको बताए।

प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार  ९ : २३ बजे