कोरोना भाइरसका कारण मर्नेको संख्या ५०० पुग्यो



कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या पाँच सयको पुगेको छ । भाइरसका कारण चीनमा एक जनाको फिलिपिन्‍स र एक जनाको हङकङमा मृत्यु भएको छ भने अरु सबैको चीनमा मृत्यु भएको हो ।

झण्डै २५ हजारमा रोगको संक्रमण देखिएको छ । २५ देशमा भाइरसका संक्रमित देखिएका छन् । चीनको उआन क्षेत्रबाट फैलिएको रोगका कारण सँसारभर त्रास उत्पन्न भएको छ । अमेरिका र अष्ट्रेलियाले चीनबाट आउने यात्रीलाई केही समयका लागि यात्रा प्रतिबन्ध गरेका छन् ।

नेपालमा पनि कोरोना भाइरसका संक्रमित देखिएका छन् । सरकारले रोग फैलन नदिनका लागि संक्रमितलाई निगरानीमा राखेर उपचार गरिरहेको छ भने विमानस्थल र नाकाहरुमा कडाई गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।

चीनका उच्च अधिकारीले नोवल कोरोना भाइरसको घातक संक्रमणको नियन्त्रणमा केही कमीकमजोरी भएको स्वीकार गरेका छन् ।

चीनको कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी कमिटीले राष्ट्रिय आपतकाल व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्ने बताएको छ ।

प्रकाशित मिति : माघ २२, २०७६ बुधबार  ५ : ५६ बजे