सिरियामा रुसी सेनाको हवाई आक्रमण,९ जना मारिए



सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले बुधबार गरेको विद्रोहीलक्षित हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ । आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ ।

मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् । ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ ले उक्त इदलिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ ।

सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा  हवाई आक्रमणहरु  बारम्बार गर्दै आएको छ ।

सिरियामावर्षौदेखि जारी गृह युद्धका क्रममा सिरियामा हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने गृहयुद्धबाट लाखौँ व्यक्ति घाइते र दशौँ लाख व्यक्ति शरणार्थी बन्न बाध्य भएका छन् ।

प्रकाशित मिति : माघ २२, २०७६ बुधबार  ८ : ०२ बजे