काठमाडौं । पश्चिम सेती जलविद्युत निमार्ण गर्न सरकारलाई ७ सय ५० रुपैयाँ संकलन गरिएको छ। बोलन्या थलीको आयोजनामा बुधबार राजधानीको कीर्तिपुरमा ‘सडक, संगीत र संघर्ष’ कार्यक्रममा सो रकम संकलन गरिएको हो।
‘हामीले सरकारलाई सांकेतिक रूपमा दबाब दिन ७५० रुपैयाँ उठाएका छौं, आयोजकका संयोजक यादव जोशीले भने,‘सुदूरका ८८ स्थानीय तहबाट संकलित १ लाख चिठी र ७५० रुपैयाँ लिएर प्रधानमन्त्रीलाई छिट्टै ज्ञापनपत्र बुझाउँछौं।’
यसका साथै आयोजकले सरकारलाई दबाब दिन विभिन्न कार्यक्रम समेत गर्ने भएको छ।
आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? नारासहित फागुन अन्तिममा डोटीमा ७५० वटा डोका प्रदर्शन गरिनुका साथै पश्चिम सेतीका दौडन्छ सुदूरपश्चिम नाममा नयाँ वर्षको अवसरमा म्याराथन पनि आयोजना गरिने उनले जानकारी दिए।
सात सय ५० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने २२ वर्ष अघि निर्णय भए पनि अहिलेसम्म काम अघि बढेको छैन।








