चीनमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएको छ । संक्रमितको संख्या घट्दै गएपनि मृत्यु हुनेको संख्या भने उस्तै छ ।
चीनमा हिजो सोमबार मात्रै ९८ जनाको ज्यान गएको छ । आइतबार चीनमा कोरोना भाइरसको संक्रमणबाट १०० जनाको ज्यान गएको थियो ।
हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट १८ सय ६८ जनाको ज्यान गएको छ । सोमबार मात्रै १ हजार ८ सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै हालसम्म चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ७४ हजार ४ सय ३६ पुगेको छ ।
चीन बाहिर कोरोना भाइरसबाट मंगलबार बिहानसम्म जापानमा २, हङ्कङ्मा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म २५ देशमा फैलिएको कोरोना भाइरसबाट एक हजार एक सय बढी मानिसहरु संक्रमित भएका छन् ।
चीन बाहिर सबैभन्दा बढी जापानमा कोरोनाको संक्रमण फैलिएको छ ।
सोमबार मात्रै जापानमा एक सय बढी संक्रमित फेला परेका छन् । मंगलबार बिहानसम्म जापानमा ५ सय १६ जना कोरोना संक्रमित फेला परेका छन् ।










