कोरियामा कोरोना, ४ दिनमै ४ सय २ जना बढे



सिओल । कोरियामा कोरोना संक्रमितको संख्या वृद्वि भएको छ । मंगलबारसम्म ३१ जनाको संक्रमितको रहेकोमा पछिल्ला ४ दिनमा ४ सय २ जनाले वृद्वि भएको हुदै शनिबार साँझसम्म ४ सय ३३ पुगेको हो।

शुक्रबार साँझसम्म २ सय ४ को संख्यामा रहेकोमा शनिबार साँझ ५ बजेसम्म एकैदिन २ सय २९ जना कोरोना संक्रमित बिरामी थपिएको कोरियाको रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै कोरियाका नेपाली डाक्टर राजेशचन्द्र जोशीले जानकारी दिए। पछिल्लो संक्रमण थेगुस्थित सिनछन चर्चबाट फैलिएको केन्द्रले जनाएको छ।

सरकारले थेगुलगायत थेगु वरिपरीका बासिन्दालाई अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्किन अपिल गरेको छ।

कोरियामा कोरोनाबाट यसअघि नै १ जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म विश्वभरिबाट २ हजार ३ सय ६० जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।

यसैगरी ७७ हजार ७ सय मानिसमा संक्रमण फैलिएको छ। चीनभन्दा बाहिरका देशमा मात्रै सो भाइरसबाट १५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : फाल्गुन १०, २०७६ शनिबार  ९ : १४ बजे