टर्कीको भान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा आठजनाको मृत्यु भएको छ । आइतबार बिहानै आएको ५ दशमलब ७ म्याग्निच्युडको भूकम्पमा अन्य २१ जना घाइते भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।
भूकम्पमा एक हजार ६६ भवनहरु भत्किएका छन् ।गृहमन्त्री सोलुका अनुसार विपद तथा आपतकाल व्यवस्थापन प्राधिकरणले उद्धार सुरु गरिसकेको गृहमन्त्री सुलेमान सोलु लाई उधृत गर्दै अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । गृहमन्त्री सुलेमानले भनेका छन , “खोजी तथा उद्धार सुरु भइसकेको छ ।”
भूकम्पले टर्की र इरानको सीमा क्षेत्रमा बढी धक्का दिएको युरोपियन मेडिटेरानियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ । उक्त भूकम्प ५ किलोमिटर गहिराइमा गएको जनाएको छ ।
टर्किस पब्लिक बोर्डकास्टर टीआरटी वर्ल्डका अनुसार भूकम्पले टर्कीका ४३ गाउँमा क्षति पुर्याएको छ ।










