मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले दिए राजीनामा



मलेसियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले राजीनामा दिएका छन् ।

उनले  त्यहाँका राजासमक्ष राजिनामा दिएको बिबिसिले समाचारमा जनाएको छ ।

प्रधानमन्त्री मोहोम्मदले राजीनामा दिएको बारेमा अन्य थप केहि खुलाईएको छैन ।

राजिनामा दिनु अघी विश्वकै सबैभन्दा जेष्ठ प्रमुखका रुपमा रहेका ९४ वर्षीय महाथिर मलेसियाका लोकप्रिय नेता मानिन्छन ।

उनी अधुनिक र सम्पन्न मलेसियाका निर्माताका रुपमा समेत चिनिन्छन ।

उनी यस अघी पनि मलेसियाको प्रधानमन्त्री भइसकेका थिए ।

प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार  ७ : ४३ बजे