गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त रहेको एआईजी पदमा तीन जनाको बढुवा सिफारिस गरेको छ । मन्त्रालयले तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा सिफारिस गरेको हो ।
मन्त्रालयका अनुसार लम्साल एक नम्बर, थापा दुई नम्बर र हरि पाल तेस्रो नम्बरमा बढुवा सिफारिस भएका हुन् ।
अहिले बढुवा सिफारिस भएका मध्य लम्साल आगामी असार २४ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएकाले बाँकी रहेका दुई एआइजी क्षत्री र पालबीच भावी आइजीका लागि प्रतिस्पर्धा हुनेछ ।
एआइजीमा बढुवाका लागि सूर्य उपाध्याय प्रद्युम्न कार्की र निरजबहादुर शाही सहित ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो ।
डिआइजीहरु कार्की, शाही र उपाध्याय पनि एआइजीको दावेदार भएपनि उनीहरु छुट्न पुगेका छन् ।








