अमेरिका र तालिबानबीच सम्झौता : १८ वर्ष लामो यद्ध अन्त्य हुँदै



अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिवार हस्ताक्षर गरेको छ।

अमेरिका र तालिबानबीच भएको सम्झौता अन्तर्गत यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन ९नेटो० का साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौजहरूलाई अफगानिस्तानबाट फिर्ता गर्नेछन्।

कतारमा भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य गरेर अफगानिस्तान शान्ति तर्फ उन्मुख हुने आशा गरिएको छ।काबुलमा भएको अमेरिका(अफगानबीचको संयुक्त निर्णयमार्फत उक्त घोषणा भएको होअमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र तालिबानका नेताहरू उक्त सम्झौता हस्ताक्षर कार्यक्रमका लागि कतार पुगेका थिए।

सम्झौतामा तालिबान यसअघि ुअमेरिकाको कठपुतलीु भन्दै वार्ता गर्न अस्वीकार गर्दै आएको अफगान सरकारसँग वार्ता गर्ने उल्लेख छ।सम्झौतामा हस्ताक्षर हुनुअघि अफगानिस्तानमा एक हप्ता लामो युद्धविराम भएको थियो जुन पालना भएको बताइएको छ।

शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानहरूलाई दिगो शान्तिको सम्भावना अङ्गाल्न आह्वान गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रवार एक विज्ञप्तिमार्फत उक्त सम्झौताले ुअफगानिस्तानमा युद्ध अन्त्यका लागि एउटा शक्तिशाली मार्ग प्रशस्त गर्नेु सम्भावना बोकेको बताएका थिए।बिबिसिबाट

प्रकाशित मिति : फाल्गुन १७, २०७६ शनिबार  २ : १७ बजे