समुद्रमा डुबेर अष्ट्रेलियामा अस्ट्रेलियाको ब्रिसबेन नजिकै स्ट्राटब्रुक आईल्याण्ड छेउको समुद्र किनरमा पौडी खेल्ने क्रममा डुबेर पोखराका निकित श्रेष्ठको निधन भएको छ ।
फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत निकित चार जना साथीसँग पौडी खेल्न समुद्रमा गएका थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्विन्सल्याण्ड राज्य समितिका अध्यक्ष उमेश खड्काका अनुसार अहिले मृतक श्रेष्ठको शवलाई प्रहरीले घटनास्थल नजिकै राखेको छ।
घटनाबारे बुधवार साँझ खबर आएको भए पनि बिहिवार बिहान मात्रै एनआरएनए क्विन्सल्याण्ड राज्य समितिले क्यानबेरास्थित नेपाली राजदूतावास तथा एनआरएनए एनसीसी अष्ट्रेलियालगायतका निकायमा खबर गरेको बताइएको छ ।
अष्ट्रेलियामा यसअघी देखिनै यसप्रकारका घटनाहरु हुँदै आएका छन ।