नबनियुक्त भारतीय राजदूत क्वात्राद्धारा राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश



नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

उनले आज राष्ट्रपति भवन शितलनिवासमा ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

नेपालका लागि भारतका २५ औं राजदूतका रुपमा क्वात्रालाई भारत सरकारले नियुक्त गरेको हो ।

उनी यसअघि फ्रान्सका लागि भारतका राजदूत थिए ।

यसैगरी, राजदूत क्वात्राले आजै उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका छन् ।

भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार  ११ : ५६ बजे