नेपाल आइडल सिजन–३ बाट किरण भुजेल बाहिरिए



नेपाल आइडल सिजन–३ बाट किरण भुजेल बाहिरिएका छन् ।

सबैभन्दा धेरै भोट बर्दियाका प्रवीण बेडुवालले पाउँदा बर्दिबासका किरण बाहिरिएका हुन् ।

नेपाल आइडलमा अब ६ प्रतिस्पर्धी बाँकी छन् ।

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार  ३ : ३८ बजे