साउदी राज परिवारका वरिष्ठ तीन सदस्य पक्राउ परेका छन्।
राजाका भाइसहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई कारण नखुलाइकनै गिरफ्तार गरिएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन्।
तीमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व हुन्। पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ।
पक्राउ पनेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ रहेको अन्तराष्टिय संचार माध्यमहरुले जनाएका छन्।
पक्राउ गर्नुको कारण भने केही खुलाइएको छैन। उनीहरू तीनै जनालाई कालो पोशाकमा माक्स लगाएर आएका सेनाले घरबाट पक्राउ गरेको बताइएको छ।
पक्राउ परेका अब्दुलाजिज साउदी अरेवियाका संस्थापक राजा अब्दुलाजिजका एकमात्र जिवित छोरा हुन्। पक्राउ परेका मोहम्मद बिन नायेफ यसअघि आन्तरिक मामिला सम्बन्धी मन्त्री थिए। उनलाई सन् २०१७ मा साउदी युवराज मोहम्मद बिन सलमानले घरमै कैद नजरबन्द गरेर राखेका थिए। यसपटक पनि पक्राउ परेका तीनै जनालाई उनकै निर्देशनमा पक्राउ गरिएको अनुमान छ।










