काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोना भाइरसको संक्रमण नदेखिएको ह्वाइट हाउसका डाक्टरले जानकारी दिएका छन् । शनिबार एक वक्तव्य जारि गर्दै राष्ट्रपति ट्रम्पमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको हो ।
फ्लोरिडा रिसोर्टमा ब्राजिलका प्रतिनिधीमण्डलसँग आयोजित बैठकको केही दिनपछि उनको कोरोना भाइरसको परिक्षण गरिएको थियो । बैठकमा समावेश ब्राजिलका केही प्रतिनिधीमण्डलमा कोरोना भाइरस देखिएको थियो ।
ब्राजिलका राष्ट्रपतिका सहयोगी फाबियो वाज्नगार्टेनमा पनि कोरोना संक्रमण देखिएको थियो ।
‘ब्राजिलका प्रतिनिधीमण्डलसँग डिनर गरेको एक हप्तापछि पनि ट्रम्पमा कुनै लक्षण देखिएको थिएन,’ कोन्लेले भने ।
७३ वर्षे ट्रम्पले उक्त भेटपछि आफूमा कुनै लक्षण नदेखिएको भन्दै सेल्फ आइसोलेशनमा बसेनन् ।
उनको स्वास्थ्य परीक्षण शुक्रबार गरिएको थियो ।










