विश्वभरि फैलिएको कोरोना भाइरसबाट मर्नेको संख्या छ हजार कटेको छ ।कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिइसकेको छ।
चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।चीनमा तीन हजारको मृत्यु भइसक्दा त्योभन्दा बढी बाँकी विश्वमा मृत्यु भएको छ ।
कोरोनाभाइरस महामारीबाट नराम्ररी प्रभावित युरोपका तीनवटा देशबाट प्राप्त तथ्याङ्कमा उक्त भाइरसका कारण त्यहाँ एकै दिनमा मृत्यु हुने मानिसको सङ्ख्या अहिलेसम्मकै उच्च भएको देखिएको छ।
यूकेमा पनि एकै दिनमा ज्यान गुमाउने बिरामीको सङ्ख्या सर्वाधिक पुगेको छ। आइतवार १४ जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३५ पुगेको छ।युरोप कोरोना भाइरसको महामारीको केन्द्र बिन्दु बनेको छ । विश्व स्वास्थ्य संगठनले युरोपलाई माहामारीको केन्द्र बिन्दु घोषणा गरेको हो । युरोपमा भाइरसका संक्रमित अत्याधिक बढेपछि संकट बढेको छ ।
चीनभन्दा चीनबाहिर भाइरसका संक्रमित बढी भइसकेका छन् । विश्वभर एक लाख ६३ हजारमा संक्रमण भएकोमा चीनमा ८१ हजार र बाँकी अन्य देशमा देखिए्को छ । चीनमा तीन हजारको मृत्यु भइसक्दा बाँकी देशमा त्योभन्दा बढी संख्यामा मृत्यु भएको तथ्यांक छ ।
शुरुमा चीनमा देखिएको कोरोना भाइरस त्यहाँ निकै हदसम्म नियन्त्रणमा आइसकेको छ । तर, युरोपमा स्थिति भयावह बन्दै गएको छ ।आइतबार एकै दिन कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्याले किर्तिमान बनाएको छ । आइतबार मात्र इटालीमा ३६८, स्पेनमा ९७, फ्रान्समा २९, बेलायतमा १४ जनाको मृत्यु भएको तथ्यांक छ ।










