चीनमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित



बेइजिङ । चीनमा पछिल्ला पाँच दिनमा नयाँ कोरना संक्रमित एक जना पनि नभेटिएको अधिकारीहरुले जनाएका छन् । केही नयाँ संक्रमित रहे पनि उनीहरु स्थानीय संक्रमण नरहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

चिनमा पछिल्ला पाँच दिनमा विदेशबाट आएकामा मात्र नयाँ संक्रमण देखिएको बताइएको छ । कोरोनाभाइरसको संक्रमण पहिलो पटक फैलिएको हुवेइमा पाँच दिन यता नयाँ संक्रमित नपाइएको चिनियाँ अधिकारीहरुले दावी गरेका छन् ।

हुवेइ चीनकै कोरोना प्रभावित मुख्य प्रान्त हो । कोरोना संक्रमणका कारण चीनमा कुल ३ हजार २ सय ७० जनाको मृत्यु भएकोमा हुवेइमा मात्र ३ हजार एक सय ५३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार  ४ : २९ बजे