पछिल्लो समयभारतमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढी रहेको छ ।
दिल्लीको एक अस्पतालका २ डॉक्टर र ६ नर्सको कोरोना रिपोर्ट पोजिटिभ आएको बताइएको छ ।
राजधानी दिल्लिमा मात्रै अहिलेसम्म ६७ स्वास्थ्यकर्मी संक्रमित भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
गत २४ घण्टामा १३ सय ७० थपिएको सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
भारतमा संक्रमितको संख्या संख्या साढे १५ हजार नाघेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमानेको संख्या ५ सय २१ सय पुगेको छ ।
आइतबार बिहानसम्म भारतमा २ हजार ४ सय बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।
१२ हजार ७ सय संक्रमितको उपचार जारी रहँदा हालसम्म त्यहाँ ३ लाख ३५ हजार बढीमा कोरोना परीक्षण गरिसकिएको छ ।
संक्रमणबाट मुम्बई दिल्ली लगायतका प्रमुख शहरहरु बढी प्रभाबित भएका छन ।
आगामी केहि हप्ता भारतका लागी महत्वपुर्ण हुने ठानिएको छ ।
संक्रमण नियन्त्रणमा आउछ वा अझै बढी फैलन्छ भन्ने आगामी केहि हप्तामा नतिजा देखिने भारतिय स्वास्थ्य अधिकारिहरुले बताएका छन ।










