काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस सार्क मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुक भारत बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ ।
एकैदिन १ हजार ५ सय ६१ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ हजार ४ सय ५१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ७ हजार १ सय ३७ जना उपचारपछि निको भएका छन् भने २१ हजार ३ सय ७५ जनाको उपचार भइरहेको छ ।










