सिक्किमस्थित भारत र चिन सीमानामा झडप : दुबै देशका सैनिक घाइते



उत्तरी सिक्किमस्थित भारत र चिनको सीमानामा भारत र चीनका सैनिकबीच झडप भएको छ।

उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका सैनिकबिच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन ।

झडप भएको स्थान पांच हजार मीटरको ऊंचाईमा रहेको र झड़पमा दुबै देशका करीब १५० सैनिक सामिल रहेको बताइएको छ ।

झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएको बताइएको छ।

घटना शिनिबार भएको र अहिले अवस्था सामान्य भइसकेको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार  ५ : ५१ बजे