भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना



काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । सिंहलाई नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।

गएराति छाती दुख्ने समस्या भएपछि ८७ वर्षीय सिंहलाई करिब पौने ९ बजेतिर अस्पतालमा लगिएको थियो । उनलाई कार्डियो थोरासिक वार्डमा निगरानीमा राखिएको छ । उनी डा. नीतिश नायकको निगरानीमा छन् । सन् २००९ मा डा. सिंहको वाइपास सर्जरी गरिएको थियो ।

पूर्वप्रधानमन्त्री सिंह हाल राजस्थानबाट राज्यसभा सदस्य छन् । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  ४ : ०० बजे