संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा यी नौ सांसद संसद भवनमा प्रवेश गर्न नपाउने



काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत हुने संघीय संसदको बैठकमा नौ जना सांसदहरु सहभागी हुन नपाउने भएका छन् । प्रतिनिधिसभाका ७ र राष्ट्रियसभाका २ जना सांसदहरु बैठकमा प्रवेश गर्न नपाउने भएका हुन् ।

बैठकमा प्रवेश नपाउने प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुबी नाज, सूर्यबहादुर केसी छन् । यसैगरी राष्ट्रियसभाका नरपति सुनार र राधेश्याम पासवान पनि बैठकमा सहभागी हुन पाउने छैनन् ।

प्रतिनिधिसभाका विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार गरी चार सांसद निलम्बनमा छन् । राष्ट्रियसभामा एक जना सांसद मनोनित हुन बाँकी छ । त्यसैले हाल कूल ३२९ जना सांसद छन् । तर ९ जना सांसदले कोरोना परीक्षण नगराएकाले उनीहरु संघीय संसदको बैठकमा प्रवेश पाउने छैनन् । जसले गर्दा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा ३२० जना सांसदहरु उपस्थित हुने छन् ।

सरकारको नीति तथा कार्यक्रममा सहभागी हुने सबैले अनिवार्यरुपमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने नियम रहेको डा. रिजालले बताए ।

प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार  ३ : २६ बजे