कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता गगन थापाले सरकारले आज सार्बजनिक गरेको नीति तथा कार्यक्रम प्रती व्यंग्यात्मक टिप्पणी गरेका छन ।
सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रीया दिदै थापाले भनेका छन “सरकार त पाएकै हो।धन्यवाद मेरो सरकार!” उनले नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ भन्दै नीति तथा कार्यक्रम सुन्दा कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ भन्ने आफुलाई लागेको बताएका छन ।
नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ।कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ।ढुकुटी पनि दह्रै रहेछ।साधनस्रोत प्रशस्तै रहेछ।ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ।देश परदेश मा भएको कोही पनि आतिनु पर्ने रहेनछ।सरकार त पाएकै हो।धन्यवाद मेरो सरकार!
— Gagan Thapa (@thapagk) May 15, 2020










