प्रधानमन्त्री ओलिमा अल्पज्ञान र अहंकारको ककटेल देखियो : बाबुराम भट्टराइ



पूर्वप्रधानमन्त्री  एबम जनता समाजबादी पार्टिका नेता बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलिको ब्याख्यान सुन्दा उनमा अल्पज्ञान र अहंकारको ककटेल देखिएको टिप्पणी गरेका छन ।

आव २०७७७८ लागि वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले दिएको जवाफप्रती सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै भट्टराइले यस्तो बताएका हुन ।

भट्टराइले प्रधानमन्त्री ओलिको तीन घण्टाको स्पष्टीकरण सुन्दा प्रधानमन्त्री ओलिले आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको बताएका छन ।

उनले थप भनेका छन्-लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो!

प्रधानमन्त्री ओलीले सरकारले संसदमा पेस गरेको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आजको प्रतिनिधिसभा बैठकमा जवाफ दिएका थिए भने सरकारको निती तथा कार्यक्रम संसदको बहुमतले पारित गरिसकेको छ ।

 

प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार  १० : ४० बजे