कांग्रेस नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बु जिल्लाबाट काठ्माण्डौ आइ बसोबास गरिरहेकाहरुलाई राहत बितरण गरेका छन ।
रोजगारी र अध्ययनको लागी सोलुखुम्बुबाट काठमान्डौ आइ बसेका ८५ परिवारलाई चालम, दाल, नुन, तेल लगायत अत्यावश्यक खाद्यन्न सामग्री प्रदान गरिएको नेता कार्किले बताए । आफुलाई टेलिफोन मार्फत अनुरोध गरेकाहरुलाई उनिहरुको घरमै पुगेर राहत उपलब्ध गराएको र समस्यामा परेकाहरुलाई राहत बितरण जारी राखिने पनि नेता कार्किले बताए ।
राजनिती समाजसेवाकै एउटा पाटो भएको र राजनितिलाई समाजसेवा र सामाजिक कामसग जोड्न पाउदा आफुलाई खुशी लागेको पनि नेता कार्किले उल्लेख गरे ।
राहत बितरणका क्रममा कार्कीसगै लायन्स क्लब अफ काठ्माण्डै क्यापिटल अध्यक्ष एबम समाजसेवी मन्दिरा बस्नेत कार्की लगायतको उपस्थिती रहेको थियो ।


कोरोना भाइरस नियन्त्रणका लागी सरकारले लागु गरेको लकडाउन लम्बिदै जादा समस्यामा परेका सोलुखुम्बुवासिहरुलाई नेता कार्किले राहत बितरण गरेका हुन ।
लकडाउन शुरु भए देखीनै कार्किले समस्यामा परेका सोलुखुम्बुवासिहरुलाई निरन्तर सहयोग गर्दै आइरहेका छन ।राजनितिसगै नेता कार्की सोलुखुम्बु जिल्लामा बिभिन्न सामाजिक काममा पनि उत्तिकै सक्रीय छन ।








