नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको बारेमा थप छलफल गरेर अघि बढ्ने सहमति भएको छ ।
सरकारले संविधान संशोधनको प्रस्ताब संसदमा दर्ता गराएको बेला शभापती देउबा निबासमा दुइ पार्टिका नेताहरु बिच भएको छलफलमा यस्तो समझादारी भएको हो ।
सरकारले नयाँ नक्सा जारी गरेपछि उक्त नक्सा लागु गराउन संविधान संशोधन प्रस्ताब दर्ता गराइसकेकोले बिगतमा मधेशबादी दलाले उठाउदै आएका अन्य विषय पनि समावेश गरि एकैपटक संविधान संशोधन गर्नका लागि सरकारलाई दवाव दिन जसपाले काँग्रेसलाई आग्रह गरेकोले जसपासगा छलफल गरिएको शभापती देउबाको सचिबालयले जानकारी दियो ।
पहिला पार्टी भित्र छलफल गरेर मात्रैयस बिषयमा टुङ्गोमा पुग्ने बताउदै पार्टी भित्र छलफलपछी पुनः बैठक बसेर थप छलफल गर्ने कुराकानी भएको काँग्रेस श्रोतले जानकारी दियो ।








