नेताको घरघरमा नक्सा पुर्‍याउने सस्तो लोकप्रियता छोड्नुस : कमल थापा



राप्रपा नेता कमल थापाले सरकारले जारी गरेको नक्सा नेताको घरघर पुर्‍याउने कार्यलाई सस्तो लोकप्रियता भएको बताएका छन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले यस अघी सरकारले जारी गरेको नक्सा नेताअहरुलाई उपलब्ध गराएकोप्रति सामाजिक् सञ्जाल् ट्विटरमा टिप्पणि गर्दै नेता थापाले यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘नेताहरूको घरघरमा नक्सा पुर्‍याउँदै हिंड्ने सस्तो लोकप्रियतावादी काम छोड्नुस् ।

सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जानु राम्रो हुने सुझाब दिदै उनले मन्त्रीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउन पनि माग गरेका छन ।

प्रकाशित मिति : जेष्ठ ११, २०७७ आइतबार  १० : ३७ बजे