महाधिबेसन को अन्य बिकल्प मान्य हुँदैन : नेबिसंघ महामन्त्री काफ्ले



कात्किक २६, काठ्मान्डौ-

नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल बिधार्थी संघ बिघठनको तयारिमा नेपाली कांग्रेस रहेको कांग्रेस शभापती देउबा निकट श्रोतले खुलाएको छ । बिधानले तोकेको कार्यकाल सकिदा पनि महाधिबेशन गर्ने दिशामा नेबिसंघ नेतृत्वले कुनै काम गर्न नसके पछी शभापती देउबा लगायत शभापती निकट नेताहरुले नेबिसंघ बिघठनको तयारी गरिरहेको समाचार छ ।

नेबिसंघको बिशयलाई लिएर भने पार्टिमा बिबाद देखिएको छ । यसाघी सम्पन्न पार्टी केन्द्रिय समिती बैठकमै बरीष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले पार्टी शभापतिको निर्णयप्रती  असहमती प्रकट गरिसकेका छन ।

यसै बिच संघका महामन्त्री कुन्दन राज काफ्लेले आज पत्रकार सम्मेलन गरी महाधिबेसनको माग गरेका छन । बिधार्थी को भाबना अनुसार महाधिबेसन हुनु पर्ने र महाधिबेसन को अन्य बिकल्प मान्य नहुने उनले बताएका छन ।

पार्टिले बिधानको अन्तर्बस्तुमा प्रबेश नै नगरि उमेरको हद को बारेमा मात्रै एक पक्षिय निर्णय गर्न खोजेको, बिधान नेबिसंघ को केन्द्रिय समितिलाई नदिएको र संघलाई अनिर्णयको बन्दी बनाएको महामन्त्री काफ्लेले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

अन्य पार्टिलाई समेत लोकतन्त्रको मार्गमा ल्याएको पार्टिले आफु भित्रै लोकतन्त्रको हरण गर्न खोज्नु उचित नभएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : कार्तिक २६, २०७५ सोमबार  १२ : १७ बजे