मुस्लिम समुदायलाई कांग्रेस वरिष्ठ नेता पौडेलको शुभकामना



कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन ।

शुभकामना दिदै बरीष्ठ नेता पौडेलले मुस्लिम समुदायबाट लोकतन्त्रीक गणतन्त्रको संस्थागत विकास र मुलुकको समृद्धिको यात्रामा महत्वपूर्ण सहयोगको अपेक्षा राखेको बताएका छन् ।

इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा शुभकामना व्यक्त गर्दै नेता पौडेलले मुस्लिम समुदायले नेपाली कांग्रेसको संगठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा मुस्लिम समुदायले महत्वपूर्ण योगदानको पनि स्मरण गरेका छन् ।

नेता पौडेलाले कोरोनाले निम्ताएको संकटको सामना गर्नका लागि घरमा नै बसेर आफ्नो पर्व मनाउन समेत अपिल गरेका छन ।

प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार  ८ : ०१ बजे