नारा र गफमा मात्र नभइ कोरोना संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी बनाउन नुवाकोट कांग्रेसको माग



नुवाकोटको ककनी गाउँपालिका वडा नम्वर ३ का एक ३९ बर्षिय पुरुषमा कोराना संक्रमण पुष्टि भएसगै जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासहरुलाई अझै प्रभावकारी बनाउना नेपाली कांग्रेस नुवाकोटले सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस नुवाकोटका सभापती जगदीश्वरनरसिंह केसीले बिज्ञाप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन ।

ककनीको वडा नम्वर ३ मा संक्रमित भेटिएसंगै अव ककनि १,२ र ३ वडा समेत संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको तत्काल पिसिआर बिधिबाट परीक्षण तत्काल थाल्न सरकार सग कांग्रेस नुवाकोटले माग गरेको छ ।

संक्रमितलाई अस्पताल लैजान तत्काल एम्बुलेन्स समेत नपाईएको तथ्यले सरकार र स्थानीय तहहरुको तयारीको कमजोर अवस्थालाई समेत उजागर गरेको बन्दै ब्यबस्थापन सुधार गर्न सरकार सगा माग गरेको छ । “नारा र गफमा मात्र तयारी नदेखाई कोरोना संक्रमण रोकथाम र नियन्त्रणका कामलाई प्रभावकारी बनाउन समेत हामी सम्बद्ध पक्षसंग जोडदार माग गर्दछौं,” बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार  १ : १२ बजे