भोलि नै कांग्रेस केन्द्रिय समितिको बैठक बोलाउन गगन थापाको आग्रह



काँग्रेस युबा नेता गगन थापाले भोली नै काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाउन शभापती देउबासग माग गरेका छन ।

सत्तारुढ दलका नेताहरुले नेपालको नयाँ नक्सालाई संविधानमा समावेश गर्न संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव काँग्रेसको आग्रहमा हटाइएको प्रतिक्रीया दिइरहेका बेला नेता थापाले बैठकका लागि ढिला नगर्न आह्वान गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फत थापाले परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिन मात्रै औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएकोले भोलिनै वैठक बोलाई औपचारिकता पूरा गर्न आग्रह गरेका छन ।

प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार  १२ : ४७ बजे