नेपाललाई अब राजनीतिक प्रयोगको थलो बन्न दिनु हुन्न : कांग्रेस वरिष्ठ नेता पौडेल



कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली नेपाली जनताको सात दशक लामो सर्घषले नेपालमा राजनीति व्यवस्थाको टुंगो लगाएको बताउदै अब कुनै पनि हालतमा नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु नहुने बताएका छन ।

वरिष्ठ नेता पौडेलले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदै यस्तो बताएका हुन ।

शुभकामना सन्देशमा पौडेलाले मुलुक संकटमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक रहेको पुष्टी कोरोना संक्रमणका बेलामा स्थानीय सरकारले देखाएको भूमिकाले देखाएको बताएका छन् ।

पौडेलले थप भनेका छन् – “संघीय गणतन्त्र देशलाई परि आउँदा कत्तिको उपयोगी रहेछ भन्ने कुरा कोरोना महामारीको महाविपत्तिमा हाम्रा स्थानीय तहहरुले देखाएको कार्य क्रियाशिलताले प्रमाणित गरेको छ ।”

बरीष्ठ नेता पौडेलले संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ र स्थिर बनाएर मुलुकले विकासको काँचुली फेर्नु पने बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहिबार  ३ : १२ बजे