प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल कांग्रेसको अनुरोधमा बुधबार संसद्को कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटेको प्रतिक्रिया दिएको प्रती कांग्रेस प्रबक्ता बिश्वप्रकास शर्माले आपत्ती प्रकट गरेका छन ।
प्रवक्ता शर्माले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गर्दै कुनै पनि मुख्यमन्त्रीलाई कांग्रेसले सहायक प्रवक्ता नियुक्त नगरेको टिप्पणी गरेका छन् ।
“कम्युनिस्ट सरकारका केही मन्त्री या कोही मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या व्याख्या गर्न ‘सहायक प्रवक्ता’ नियुक्त गरिएको छैन,” उनले ट्विटर मार्फत भनेका छन ।
यसैबिच नेपाली कांग्रेसले आगामी शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल हुने बताइएको छ ।
शनिबार दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको पनि उनले बताए ।








