नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १३ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देशदिदै लोकतन्त्र प्राप्तीका आन्दोलनहरुमा जिवन उत्सर्ग गर्ने शहिदहरुप्रती श्रद्धाञ्जली अर्पण गरेका छन ।
महामन्त्री कोइरालाले शुभकामना सन्देशमा जनताको लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूतिका लागि सरकार जनताप्रति थप उत्तरदायी वन्न सकोस भन्ने कामना गरेका छन ।
कोइरालाले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन ।
हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९) का कारण मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिने सबैप्रती सम्मन ब्यक्त गरेका छन ।









