काठमाडौं । चर्चित बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ। खानको सोमबार बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यामले जनाएको छ ।
स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना भएका थिए।
केही दिन अगाडि उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।
‘साजिद-वाजिद’ संगीतकार जोडीका रुपमा चर्चित उनी मृगौलासम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। उनले केही महिना अगाडिमात्र मृगौला प्रत्यारोपण गरेका थिए।
साजिद-वाजिदको जोडीले धेरैजसो संगीत सलमान खानका सिनेमाका लागि बनाएका थिए। हालै सलमानले रिलिज गरेको ‘भाइइभाइ’ गीतमा समेत वाजिदको सहयोग थियो।
साजिद-वाजिदको जोडी बलिउडमा सलमान खान अभिनित सन् १९९८ को ‘प्यार किया तो डरना क्या’बाट डेब्यू भएको थियो।
त्यसयता उनीहरूको जोडीले थुप्रै सिनेमामा सँगै काम गरेको थियो। ‘तेरे नाम’, ‘तुमको ना भूल पाएगे’, ‘पार्टनर’ र ‘दंबङस फ्रान्चाइज’ उनीहरूले सँगै काम गरेका केही चर्चित सिनेमा हुन्।
संगीतका अलावा वाजिदले सलमानका लागि गीत पनि गाएका छन्।
वाजितको निधनमा संगीतकर्मी र बलिउडकर्मीहरूले शोक व्यक्त गरेका छन्।










