पछिल्लो समय सरकारले कोरोना नियन्त्रणका लागी ब्यापक परिक्षण र अन्य उपाय भन्दा लक डाउनमा नै जोड दिन थालेपछी सरकारको ब्यापक आलोचना भइहेको छ भने स्वतस्फुर्त रुपमा लक डाउन उलङ्घन शुरु भएको छ ।
अब सरकारले चाहेर पनि लकडाउन लम्ब्याउन सक्ने अवस्था देखिन छाडेको छ ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम लकडाउनको मोडालिटीमा केन्द्रित रहेर विज्ञहरूसँग छलफल गर्न लागेका छन्।
मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना विज्ञलाई छलफलका लागी बेलुकी चार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
कोरोना भाइरस रोकथामका लागि आगामी रणनीति र लकडाउनको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्री ओलिले उनिहरुलाई बोलाएको बताइएको छ ।








