मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने



काठमाडौँ । सरकारले देशमा जारि लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनबारे निर्णय गर्न बिहीबार अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए । उनका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन प्रधानमन्त्री चिन्तित रहेको र यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनसक्नेछ ।

‘हिजै प्रधानमन्त्रीले विज्ञहरुसँग छलफलमा पनि मोडालिटी परिवर्तनको सुझाव आएको छ । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको बैठकले लकडाउन मोडालिटीमा हेरफेर गर्नसक्छ’, ती मन्त्रिको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहिबार  ३ : १४ बजे