कांग्रेस सांसद डा .मीनेन्द्र रिजालले जनता कोरोना महामारीमा रहेका बेला सरकार कार्पेट व्यवस्थापनमा जुटेको आरोप लगाएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रिजालले सरकारमा बसेकाहरूले जनताको दु:ख नदेखेर कार्पेट व्यवस्थापनमा जुटेको आरोप लगाएका हुन ।
‘नेपालीहरू कसरी कोरोनाबाट उम्कने भन्नेमा छन्’, डा ।रिजालले भने, ‘सरकारमा बसेकाहरू कसरी कार्पेट व्यवस्था गर्ने भनेर मस्त छन् ।’
उनले राष्ट्रपति कार्यालयमा नयाँ कार्पेट व्यवस्थापन गर्न लागिएको भन्दै विरोध जनाए । डा ।रिजालले सत्तारूढ दलका नेताहरू सत्ता सम्भावनाको खेलमा रमाएको । ‘सत्तारूढ दलका अरू मानिसहरू सत्ता सम्भावनाको बासुरी कुन धुनमा बजायो भने राम्ररी बज्छ भनिरहेका छन्’, डा ।रिजालले बताए ।
डा .रिजालले अर्थ मन्त्रालयको चालु खर्च २५ अर्बबाट घटाएर ८ अर्बमा राख्न माग गर्दै सरकारसँग राजश्व उठाउन सक्ने क्षमता र योजना नभएको बताए।








