काठ्मान्डौ-
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर बन्ने बाटोमा उन्मुख रहेको आरोप लगाएका छन् ।
रिपोर्टस क्लबमा बोल्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्रीले काम भन्दा बढि कुरा गरेको आरोप लगाउदै नेता केसिले सरकार असफलतातर्फ उन्मुख भएको र चुनावका बेला झुठको पुलिन्दा बाँडेको पुष्टि भएको दाबी गरे ।उनले प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहात केन्द्रित गरेकोमा पनि आपत्ति जनाए ।
सत्तामा आउनुभन्दा पहिले ओली र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त ? बरु बुढीगण्डकी परियोजना बिना प्रतिष्पर्धा दिईयो ? साँढे ३३ केजी सुन कहाँ छ ? यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ ? राख्नुपर्ने कारण के हो ? नेता केसिले सरकारलाई प्रश्न गरे








