नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले राष्ट्रियताको सवालमा कांग्रेस सँधै जनताको पक्षमा रहने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता सिंहले कांग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान निर्णय गरिसकेको भन्दै त्यस्तो बताएका हुन् ।
उनले लिम्यिाधुरा,लिपलेक र कालापानी नेपालको भएको प्रमाण विभिन्न नक्सा र दस्तावेजहरु भएको पनि उनले बताए ।
अब भारतसँग परिपक्व तवरले वार्ताको माध्यमबाट आफ्नो कुरा राखेर अगाडी बढ्नुपर्ने पनि सिंहले बताए ।
राष्ट्रियताको सवालमा जनताको पक्षमा कांग्रेस सँधै रहिरहने उनको भनाई थियो








