नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र बुझाएको छ ।
कांग्रेसले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र बुझाएको हो ।
सरकारको अक्षमताका कारण मुलुकमा कोरोना महामारी भयावह बनेको भन्दै नियन्त्रणमा लिन काँग्रेसले ज्ञापनपत्रमार्फत सुझाव दिएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर उक्त ध्यानाकार्षण पत्र बुझएका हुन् । खाँणको नेतृत्वमा गएको टोलीमा भीमसेनदास प्रधान, गगन कुमार थापा, राजेन्द्र कुमार केसी सहभागी थिए ।
‘विज्ञहरू, संसद र राजनीतिक तथा नागरिकस्तरबाट प्राप्त सुझाव र सहयोगलाई ग्रहण गरेर त्यो अनुरुप काम गरेको भए अहिलेको यो अवस्था भन्दा धेरै सहज अवस्था रहन सक्दथ्यो । तर सरकारको अकर्मण्यता, अदुरदर्शिता र असक्षमताको कारणले यस्तो भयावह अवस्था बन्न पुगेको हो भन्ने नेपाली काँग्रेस संसदीय दलको ठहर छ’, प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत् र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। सरकारले कोरोना नियन्त्रणमा अहिलेसम्म दश अर्ब खर्च भइसकेको बताउदै गर्दा उक्त खर्च पारदर्शी हुनुपर्ने र कोरोना नियन्त्रण मा सरकारले प्रभाअबकारी कदम चाल्नुपर्ने मागसहित कांग्रेसले ज्ञपनपत्र बुझाएको हो ।








