सगरमाथा आरोहणमा विश्व किर्तिमान कायम गरेका संखुवाशभाको मकालु गाउपालिकाका मिङ्ग्मा शेर्पा सहित अन्य ५ जना नेपालि कांग्रेसमा प्रवेश गरेका छन । किर्तिमानी आरोही शेर्पा सहित मकालु गाउपालिकाका ५ जना र अन्य १ जना सहित ६ जना आज काठ्माण्डौमा आयोजित एक कार्यक्रमका बिच कांग्रेसमा प्रबेश गरेका हुन ।उनिहरुलाई कांग्रेस महामन्त्री डा. शशाङ्क कोइराला सहितका नेताहरुले खादा सहित पार्टिमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले अहिले देशको राजनितिक , आर्थीक र सामाजिक अवस्था हेर्दा देशमा कांग्रेसको बिकल्प नभएको र देशले कांग्रेसको नेतृत्व खोजिरहेको बताए ।कोइरालाले पछिल्लो समय कांग्रेसप्रती जनताको आस्था , आकर्षण र भरोषा बढी रहेको उल्लेख गरे ।
कोइरालाले बर्तमान कम्युनिष्ट सरकारले जनाताको भाबना लत्याइ रहेको र देशमा कोरोना महामारिका कारण सङ्कटको बेलामा समेत सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाए ।अहिलेको सरकारबाट अब देशमा सुशासन र बिकाश अघी नबढ्ने प्रष्ट भइसकेको र जनताले समेत सरकार असफल भइसकेको महसुस गरेको महामन्त्री कोइरालाको भनाइ थियो ।महामन्त्री कोइरालालले कम्युनिष्टहरुले काम भन्दा बढि गफ गरेर जनतालाई भ्रममा पार्ने गरेको समेत दाबी गरे ।

पछिल्लो समय सरकारका गतिबिधिले सरकार मात्रै नभएर नेकपानै असफल भएको पुष्टी गराएको र नेकपाका नेता कार्यकर्ताहरु समेत राजनितिक रुपमा बिचलित हुन थालेको कोइरालाले उल्लेख गरे ।
तेस्तै कार्यक्रममा बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले सरकारका गतिबिधिले लोकतन्त्र धारापमा पारेको आरोप लगाए ।सरकार जताततै असफल भएको डा . महतले दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अल्पज्ञानका कारण मुलुक संकटमा पर्दै गएको बताए । उनले कोरोना संक्रमणका लागि प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा गरेको बेसारको बखान अल्पज्ञानको उदाहरण भएको बताए ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एबम पूर्व मन्त्रीहरु गगन थापा , दिपक गिरि, तेस्तै पूर्व मन्त्री एबम नेता दिपक खड्का तारामान गुरुङ र पूर्व सांसदहरु टङ्क प्रसाइ,पाशाङ शेर्पा एबम बिना पौडेल लगयतको उपस्थिती थियो ।








