नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको तर्फबाट कञ्चनपुरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा एक कार्यक्रमका बिच शुक्रवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
पिपिई सेट ५६ थान, सर्जीकल मास्क दुई सय थान, एन–९५ २० थान र सेनिटाइजर १० लिटर सहयोग स्वरुप वितरण गरिएको नेविसंघका पुर्व केन्द्रीय सदस्य जनक भट्टले बताए ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति क्षेत्र नं. ३ का सभापति गोपाल भट्टले उक्त स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी खतिवडालाई हस्तान्तरण गरेका हुन् । काठमाडौंबाट पुर्व मन्त्री लेखकले जिल्लाका स्वास्थ्यकर्मीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त सुरक्षा सामाग्री पठाएको भट्टले बताए ।
प्रमुख जिल्ला अधिकारी खतिवडाले नेता लेखकले पठाएको स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख शिवराज सुनारलाई स्वास्थ्यकर्मीलाई समानान्तर ढंगले वितरण गर्न भन्दै बुझाएको जनाएका छन् ।








