कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभा बहिष्कार गर्दै नेपाली कांग्रेसको प्रदर्शन



नेपाली कांग्रेसले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभा बहिष्कार गरेको छ ।

गरसभा बहिष्कार गर्दै कांग्रेस नेतकार्यकर्ताहरुले नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

यसअघि राखेका माग पूरा नभएको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो।

वडा नम्बर २, ४ र ७ मा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

कांग्रेसले यसअघि मेयरसमक्ष राखेको २७ बुँदे माग पुरा नभएकोले नगर परिषद बहिष्का गरिएको वडा नम्बर ४ का अध्यक्ष भाइकाजी अधिकारीले बताए ।

प्रकाशित मिति : असार ७, २०७७ आइतबार  ६ : ३९ बजे