पूर्वराजा शाहले आक्रोश पोख्दै भने – सामाजिक विकृति र आर्थिक बेथितीले चिन्तित बनायो



११ असार, काठ्माण्डौ

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो परिस्थितिप्रती चिन्ता प्रकट गरेका छन ।पूर्वराजा शाहले भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कुरा किन दिनहुँ उठिरहेको भन्दै सरकार बिरुद्द आक्रोश पोखेका हुन ।

सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रीया दिदै शाहले “संक्रमक रोगको यो समयमा नेपाली जनताले भोग्नु परेको गाँस, बास र कपास लगायतका विविध समस्याको समाधान सरकारका तर्फबाट यथाशीघ्र गरियोस् भन्ने आग्रह गर्दछु। साथै यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिक बेथितीप्रति हाम्रो गहिरो चिन्ता रहेको छ”। भनेका छन ।

परस्पर आरोप प्रत्यारोप वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि नहुने भन्दै नेपाल राष्ट्रको एकिकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो त्यो आम हेक्काको विषय भैसकेकोले त्यो गौरवमय इतिहासलाई स्वीकार गर्न सक्नुपर्ने समेत पूर्वराजा शाहले उल्लेख गरेका छन ।

तेस्तै विदेशीएका कतिपय नेपालीहरू स्वदेश फर्कने क्रममा रहेकाले फर्कने सबैको श्रम, सीप र सामर्थ्यको सदुपयोग गरी आफ्नै देशभित्र इलम, उद्यम र कामधन्दाको सरकारका तर्फबाट व्यवस्था मिलाउन पनि शाहले सरकारलाई सुझाब दिएका छन । उनले कोरना महामारीबाट जीवन गुमाएका सबैप्रति समवेदना ब्यक्त गर्दै संक्रमितहरुको स्वास्थ्यलाभको कामना पनि गरेका छन ।

 

 

 

प्रकाशित मिति : असार ११, २०७७ बिहिबार  ७ : ३३ बजे