नेकपा स्थायी कमिटीको बैठक चल्दै,आजको बैठकमा प्रधानमन्त्री ओलि अनुपस्थित



यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटीको आजको बैठक अहिले चलिरहेको छ । बैठकमा आज स्थायी कमिटी सदस्यहरुले आ-आफ्नो धारणा राखिरहेका छन ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित छैनन्।

बालुवाटार स्रोतका अनुसार अर्का अध्यक्ष प्रचण्डले बैठक चलाउने भन्दै प्रधानमन्त्री ओली अनुपस्थित भएका हुन्।पहिलो दिनको बैठकमा शीर्ष नेताहरुबीच चर्काचर्की परेको थियो ।

सरकारको काम प्रभावकारी भएन भन्ने नेकपा नेताहरुको गुनासो छ । तर, प्रधानमन्त्री तथा अध्यक्ष ओली भने सरकारले अप्ठ्यारो परिस्थितिका बावजुदपनि धेरै राम्रा काम गरेको दाबी गरिरहेका छन् । आफूले पार्टीभित्र, बाहिर र अन्तर्राष्ट्रिय रूपमा समेत प्रतिपक्षीहरू झेल्नु परेको उनको गुनासो थियो

बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरूले ओलीको राजीनामा माग्ने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार  ७ : ४९ बजे