विप्लव नेकपाका ६ कार्यकर्ता धनगढीबाट पक्राउ



‘विप्लव’ नेकपाका ६ कार्यकर्ता धनगढीबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावलसहितका ६ जनालाई पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिए ।

उनिहरुलाई धनगढी उपमहानगरपालिका १२ को जुगेडा क्षेत्रबाट पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा विप्लवनिकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु बबरजंग सिंहसहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेको प्रहरी उपरीक्षक जबराले बताए।

प्रकाशित मिति : असार १४, २०७७ आइतबार  ७ : ३४ बजे