नेपाली कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
आइतबार बसेको पदाधिकारीहरुको बैठकको निर्णय अनुसार आगामी १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाईएको हो ।
बैठकले आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्ने बताइएको छ ।
कोरोना भाइरसका कारण अन्योलमा परेको १४ औं महाधिवेशन कार्यतालिका हेरफेर गरेर पूर्वनिर्धारित मितिमै गर्ने कांग्रेसको तयारी रहेको बताइएको छ ।








