सतारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीको राजीनामा मागेको नेकपा निकट श्रोतले जानकारी दिएको छ । ।
सरकार र पार्टी सञ्चालन दुवै मोर्चामा प्रधानमन्त्री ओलि असफल भएको निष्कर्ष सहित गत बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा असन्तुष्ट नेताहरुले प्रधानमन्त्रीको राजिनामा मागेका हुन ।। स्थायी कमिटीको बहुमतले ओलीलाई पद त्याग्न दवाब दिने संकेत नेताहरुले गरेका छन् ।
मंगलबारको बैठकमा धारणा राखेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीप्रति आक्रोश पोख्दै प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिको आलोचना गरे। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति गम्भीर रहेकाले को सक्रिय भयो भन्ने जानकारी दिनुपर्ने बताएका थिए।
‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुस्’, प्रचण्डको भनाई उद्धृत गर्दै एक सदस्यले भने, ‘यो कुरा दिल्लीले भनेको होइन, मैले भनेको हो।
माधव नेपाल पक्षका स्थायी कमिटीका सदस्य रघुजी पन्त ,भिम रावल लगायतका नेताहरुले सार्बजनिक रुपमानै प्रधानमन्त्री ओलि असफल भएको र उनले राजिनामा दिनुपर्ने माग गर्दै आएका छन ।
प्रचण्ड–माधव समुहसगै नेता बामदेब गौतम पनि मिसिएपछी स्थायी कमिटीमा प्रधानमन्त्री ओलिले बुहमत गुमाएका छन ।यसअघि सचिवालय बैठकबाटै ओलीलाई हटाउने प्रयास भए पनि उक्त प्रयास सफल भएको थिएन भने असन्तुष्ट नेताहरुले लगातार स्थायी कमिटी बैठकको माग गरेका थिए ।
स्थायी कमिटी बैठका आफ्नो पक्षमा नहुने देखे पछी प्रधानमन्त्री ओलिले बैठक राख्न आलटाल गर्दै आएका थिए ।धेरै पटक स्थगित हुँदै आएको बैठक अहिले चलीरहेको छ । जारी बैठकमा नेकपा भित्रको बिबाद कसरी किनारा लाग्छ भन्नेमा अहिले धेरैको चासो बढेको छ ।
यस अघी मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजेको दाबी गरेका थिए ।
नेपालको नयाँ नक्सा जारी गरेको जस देखाएर आफुप्रती उठेका बिरोधका स्वरलाई मत्थर गराउने प्रधानमन्त्री ओलिको प्रयास समेत असफल भएको देखिएको छ ।








