काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बोलाएका हुन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीले आफूहरुलाई ८ बजे बालुवाटार बोलाएको बताए । ‘प्रधानमन्त्रीले छलफलका लागि भनेर हामीलाई बालुवाटार बोलाउनु भएको छ,’ उनले भने ।
साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका थिए ।








